लक्ष्मी बैंकले पुस ६ गते बोलायो वार्षिक साधारणसभा, कहिले गर्दैछ बुक क्लोज ?

  २०७६ मार्ग १२ गते १२:४९       विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले आगामी पुस ६ गते आफ्नो १९औँ वार्षिक साधारणसभा बाेलाएकाे छ । सो प्रयोजनको लागि बैंकले आगामी मंसिर २३ गते एकदिन मात्रै बुक क्लोज गर्ने निर्णय गरेको हो ।

सभाले शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने सञ्चालक समितिको विशेष प्रस्तावलाई अनुमोदन गर्ने छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई हाल चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद(कर सहित) गरी सो मात्राको लाभांश प्रस्तावलाई सभामा लैजान लागेको हो ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस सेयर पछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ नाघ्ने छ ।