प्राइम बैंकले १६ प्रतिशत बोनस शेयर दिने, चुक्ता पुँजी ११ अर्ब नाघ्ने

  २०७६ मार्ग ९ गते १२:१८       विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस शेयर दिने भएको छ । सोमबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । १६ प्रतिशत बोनस शेयरपछि संस्थाको चुक्ता पुँजी ११ अर्ब रुपैयाँ नाघ्ने छ ।

यस अघि पनि बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस शेयर मात्रै वितरण गरेको थियो ।