लाइफ इन्स्योरेन्स कर्पोरेशनको साढे ५१ लाख कित्ता बोनस सेयर सूचिकृत

  २०७६ मार्ग ५ गते २:०८       विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)को ५१ लाख ५१ हजार ६१२ कित्ता बोनस सेयर सूचिकृत भएको छ । इन्स्योरेन्सको बिहीबार मात्रै सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो ।

नक्सालको भगवतीवाहलमा केन्द्रिय कार्यालय रहेको इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ४९ करोड रुपैयाँ रहेको छ । हालसम्म संस्थाको एक करोड ४९ लाख ४८ हजार ३८८ कित्ता सेयर सूचिकृत भएको छ ।

बिहीबार प्रतिकित्ता ९५५ रुपैयाँदेखि कारोबार शुरु भएको इन्स्योरेन्सको सेयर मूल्य दुई बजेसम्म १९ रुपैयाँले बढेर प्रतिकित्ता ९७४ रुपैयाँ पुगेको छ ।