नेप्से सामान्य अंकले घट्दा चार कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

  २०७६ मार्ग ३ गते ३:२९       विकासन्युज

काठमाडौं । मंगलबारको नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ । दिनभर सामान्य उतार चढाव देखिएको बजार १.१४ अंकले ओरालो लागेर बन्द भएको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१० प्रतिशत कम हो ।

सामान्य अंकले ओरालो लागेको बजारमा विभिन्न चार कम्पनीका सेयरधनीले ९ प्रतिशतभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी साल्ट ट्रेडिङ् कर्पोरेसनको सेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, घोडाघोडी लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलपर्स र नाङ्दी ग्रुप पावरका लगानीकर्ताले क्रमशः ९.८५ प्रतिशत, ९.३८ प्रतिशत र ९.१८ प्रतिशत कमाएका छन् ।

सो दिन एनएमबि बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको एकैदिन ५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकको ३ करोड २० लाख रुपैयाँ बराबरको साधारण र ३ करोड ४ लाख रुपैयाँ बराबरको संस्थापक गरी सो मात्राको सेयर बिक्री भएको छ ।

बजारमा होटल र ट्रेडिङ समूह क्रमशः ४९ र २७ अंकले उकालो लागेका छन् । निर्जीवन र जीवन बीमा समूह क्रमशः ३९.७१ र २५.११ अंकले ओरालो लागेका छन् ।