२०७६ मार्ग ३ गते १:५२ विकासन्युज
काठमाडौं । सोल्टी होटलले आगामी पुस २७ गते ४५औँ वार्षिक साधारणसभा(एजीएम) डाकेको छ । होटलले २६ प्रतिशत लाभांश पारित गर्न सो दिन बिहान ११ बजे कमलादीको नेपाल प्रज्ञा भवन प्रेक्षालयमा एजीएम गर्न लागेको हो ।
होटलले सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ ।
हाल होटलको चुक्ता पुँजी ७३ करोड २६ लाख रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस पश्चात होटलको चुक्ता पुँजी ८४ करोड २५ लाख रुपैयाँ पुग्ने छ ।
सभामा जाने प्रयोजनको लागि संस्थाले मंसिर २५ गतेदेखि पुस २४ गतेसम्म एक महिना बुक क्लोज गर्ने निर्णय गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.