श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको १३ प्रतिशत लाभांश स्वीकृत

  २०७६ मार्ग ३ गते १२:५६       विकासन्युज

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको प्रस्तावित १३ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । बैंकले संस्थालाई चुक्ता पुँजीको २.३५ प्रतिशत बोनस सेयर र कर सहित १०.६५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्तावलाई स्वीकृत गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट प्रस्तावित उक्त लाभांशलाई संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि संस्थाले सेयरधनीलाई चुक्ता पुँजीको सो मात्रा अर्थात १० करोड ५३ लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ८० करोड ९९ लाख रुपैयाँ रहेको छ । २.३५ प्रतिशत बोनस सेयर पश्चात संस्थाको चुक्ता पुँजी ८२ करोड ९० लाख रुपैयाँ नाघ्ने छ ।