वित्तीय विवरण आएपनि नेप्से बढेन, घट्दो क्रममा नेप्से

  २०७६ मार्ग २ गते ४:२९       विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै गर्दा सेयर बजार परिसूचक नेप्से भने घटेको छ । आइतबार ४ अंकले घटेको धितोपत्र परिसूचक सोमबार आज ०.२४ घटेको छ । नेप्से परिसूचक ०.०२ प्रतिशतले घट्दा ११३१.१२ बिन्दुमा पुगेको हो ।

सोमबार सेयर बजारमा १ सय ६० कम्पनीले कारोबार गरेका छन् । ११ लाख ८८ हजार ८ सय ४५ कित्ता सेयर किनबेच हुँदा ३५ करोड ६८ लाख ६१ हजार ८ सय ५७ रुपैयाँको कारोबार भएको छ । बजार घटेपछि नेप्सेका ४ समूह राता भएका छन् ।

बैक समूह ०.१, ट्रेडिङ समूह ३१.८३, होटल समूह २.१३, विकास बैक समूह ०.०८, वित्तीय समूह २.३९, निर्जीवन बीमा समूह १८.५१, माइक्रो फाइनान्स ०.५३, जीवन बीमा समूह २९.२७ अंकले बढेका छन् । जलविद्युत समूह ५.८९, उत्पादन मूलक समूह ३८.९१, अन्य समूह ०.३४ र म्यूचुअल फण्ड समूह ०.०४ अंकले घटेका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । कर्पोरेशनको परिसूचक ९.९३ प्रतिशतले बढेको छ । यूनिभर्सल पावर कम्पनी लिमिटेड सेयर परिसूचक ५.४० प्रतिशतले घट्दा लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।