२०७६ कार्तिक २९ गते १:३७ विकासन्युज
काठमाडौं । स्ट्याण्डर्ड चार्टड बैंक लिमिटेडले मंसिर ९ गतेदेखि सेयर कारोबार रोक्का(बुक क्लोज) गर्ने भएको छ । कम्पनीले आगामी वार्षिक साधारणसभामा जाने प्रयोजनका लागि सो दिनदेखि मंसिर २३ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।
उक्त कम्पनीको ३३औं वार्षिक साधारणसभा मंसिर २३ गते सोमबार बस्ने भएको छ । सभाले सेयरधनीलाई प्रति सेयर २२.५० रुपैयाँका दरले नगद लाभांश दिने प्रस्तावलाई पारित गर्दैछ ।
हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब १ करोड १४ लाख ३० हजार ६ सय रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.