आइसिएफसि फाइनान्सले १३ प्रतिशत लाभांश दिने

  २०७६ कार्तिक २८ गते ११:४५       विकासन्युज

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले १३ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद गरी कूल १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

संस्थाकाे बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई सो मात्राको लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा कम्पनीको आगामी हुने वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले सो मात्राको लाभांश पाउनेछन् ।

हाल संस्थाको चुक्ता पुँजी ८८ करोड २१ लाख ७२ हजार ४ सय रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनसपछि  संस्थाको चुक्ता  पुँजी ९२ करोड ६२ लाख ८१ हजार रुपैयाँ नाघ्नेछ ।