कामना सेवा विकास बैंकले ६ प्रतिशत नगद लाभांश दिने

  २०७६ कार्तिक २७ गते २:४३       विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले सेयरधनीलाई ६.८ प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई करसहित सो मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको हो

संस्थाको मंगलबार बसेको संचालक समितिको बैठकले चुक्ता पुँजीको सो मात्रा अर्थात १७ करोड २७ लाख ३३ हजार २ सय ८४ रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो । हाल संस्थाको चुक्ता पुँजी २ अर्ब ५४ करोड १ लाख ९५ लाख ३५२ रुपैयाँ रहेको छ ।

प्रस्तावित नगद लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गरे पछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।