लक्ष्मी लघुवित्तकाे मंसिर ११ गतेदेखि बुक क्लोज

  २०७६ कार्तिक २७ गते १२:०७       विकासन्युज

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी मंसिर ११ गतेदेखि सेयर कारोबार रोक्का(बुक क्लोज) गर्ने भएको छ । संस्थाले सभामा जाने प्रयोजनका लागि सो दिनदेखि मंसिर २० गतेसम्म बुक क्लोज गर्न लागेको हो ।

संस्थाको आठौं वार्षिक साधारणसभा मंसिर २० गते शुक्रबार काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा बस्ने भएको छ । सभाले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद गरी कूल २६.३२ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्दै छ ।

संस्थाको कूल चुक्ता पुँजी २४ करोड २० लाख रहेको छ । १५ प्रतिशत बोनसपश्चात संस्थाको चुक्ता पुँजी २७ करोड ८३ लाख पुग्नेछ ।