चिलिमे हाइड्रो र गुराँस लघुवित्तकाे सेयर मूल्य समायोजन

  २०७६ कार्तिक २७ गते १२:०८       विकासन्युज

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।

२० प्रतिशत  बाेनसपछि  चिलिमेकाे सेयर मूल्य समायोजन भएको हो । समायोजनपछि उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३७५.८३ रुपैयाँ रहेको छ ।

त्यसैगरी, ७.६१ प्रतिशत बाेनसपछि गुराँस लघुवित्तको सेयर मूल्य समायोजन भएको हो । समायोजनपश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ४१७.२४ रुपैयाँ रहेको छ ।