गुहेश्वरी मर्चेण्टले साढे ६ प्रतिशत नगद लाभांश दिने

  २०७६ कार्तिक २५ गते १:१७       विकासन्युज

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैकिङ्गले सेयरधनीलाई ६.५ प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कर सहित सो मात्राको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल संस्थाको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । संस्थाको सञ्चालक समितिको बैठकले उक्त पुँजीको सो मात्रा अर्थात ५ करोड २० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।