सेयरधनीलाई बम्पर उपहार दिँदै एनएमबि बैंक, ३५ प्रतिशत लाभांश घोषणा

  २०७६ कार्तिक २५ गते ११:१२       विकासन्युज

काठमाडौं । एनएमबि बैंकले आफ्ना सेयरधनीलाई हाल सम्मकै आकर्षक लाभांश दिने भएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकले हालको चुक्ता पुँजीको २१ प्रतिशत बोनस र १४ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिन लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ११ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । २१ प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुँजी १३ अर्ब ९५ लाख रुपैयाँ नाघ्ने छ ।

बैंक सञ्चालको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

प्रस्तावित लाभांशदर हालसम्मकै उच्चदर हो । अघिल्लो वर्ष बैंकले १० प्रतिशत बोनस र २० प्रतिशत नगद गरी ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।