प्राइम बैंकको ३६ लाख कित्ता सेयर सूचिकृत

  २०७६ कार्तिक २४ गते ५:५७       विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंकको कूल ३६ लाख ८२ हजार २५० कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । कन्काई विकास बैंकसँग मर्जभएपछि बैंकको सो मात्राको सेयर नेप्सेमा थपिएको हो ।

यससँगै बैंकको उक्त सेयर भोलि अर्थात सोमबार(कात्तिक २५ गते) देखि नेप्सेमा काराेबार हुने छ ।