रिडी हाइड्रोले बोनस सेयर दिने, पुस ४ गते साधारणसभामा जाँदै

  २०७६ कार्तिक २४ गते ५:४०       विकासन्युज

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५.२३ प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७५/७६को नाफा तथा सञ्चितबाट सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर सहित सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव कात्तिक २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । प्रस्तावित लाभांशलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि लगानीकर्ताले सो मात्राको लाभांश पाउने छन् ।

कम्पनीको आगामी वार्षिक साधारणसभा पुस ४ गते बस्दै छ ।