कालिका माइक्रोक्रेडिटको बोनस सेयर सूचिकृत

  २०७६ कार्तिक २४ गते ५:२३       विकासन्युज

काठमाडौं । आइतबार कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । संस्थाको ८० हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो ।

स्याङ्जामा केन्द्रिय कार्यालय रहेको यस संस्थाको चुक्ता पुँजी १० करोड ८० लाख रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता ६९९ रुपैयाँमा किनबेच भएको छ ।