सपोर्ट माइक्रोफाइनान्सले १० प्रतिशत बोनस दिने

  २०७६ कार्तिक २४ गते १२:५९       विकासन्युज

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले १० प्रतिशत बोनस दिने भएको छ । संस्थाले गत वर्षको नाफाबाट ०.५२ प्रतिशत नगद र सो मात्राको बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव संस्थाको कात्तिक २१ गते बसेको सञ्चालक समितिको १३६औं बैठकले गरेको हो । प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी हुने वार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनसपछि संस्थाको चुक्ता पुँजी ६ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।