सिभिल बैंकले ६ प्रतिशत नगद लाभांश दिने

  २०७६ कार्तिक २१ गते ११:५२       विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई ६.५७ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बुधबार दिउसो बसेको संचालक समितिको बैंठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई उक्त नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा आगामी हुने साधारण सभाले पारित गरेपछि सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ८९ हजार ६ सय ७३ रहेको छ ।