एनएमबि बैंकको करिब दुई करोड कित्ता सेयर सूचिकृत, बिहीबारदेखि कारोबार हुने

  २०७६ कार्तिक २० गते ६:२०       विकासन्युज

काठमाडौं । एनएमबि बैंकको कूल एक करोड ९१ लाख १५ हजार ७९० कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । ओम डेभलपमेन्ट बैंकसँग मर्जभएपछि बैंकको सो मात्राको सेयर नेप्सेमा थपिएको हो ।

नेप्सेमा सेयर थपिएसँगै बैंकको भोलि अर्थात बिहीबार(कात्तिक २१) गतेदेखि नेप्से अर्थात दोश्रो बजारमा सेयर कारोबार खुल्ने भएको छ । नेप्सेले बैंकको पहिलो सेयर कारोबारको लागि प्रतिकित्ता ३५१ रुपैयाँ रेञ्ज तोकेको छ ।

दुबै संस्था एक आपसमा गाभिएपश्चात एनएमबि बैंकको नामबाट गत असोज ११ गतेदेखि एकीकृत कारोबार भएको थियो । यससँगै बैंकको कूल पुँजी २० अर्ब १५ करोड रुपैयाँ पुगेको थियो । एनएमबि र ओम सेयर आदन प्रदान अनुपात (स्वाप रेसियो) १००ः७६ मा मर्ज भएका हुन् ।