सेयर कारोबारको अग्रस्थानमा वाणिज्य बैंक मात्रै, प्रभु र नबिलको करोडौंको सेयर किनबेच

  २०७६ कार्तिक २० गते ४:०२       विकासन्युज

काठमाडौं । बुधबारको बजारमा वाणिज्य बैंकको बढी सेयर कारोबार भएको छ । बजारमा बढी कारोबार गर्ने १० कम्पनीको सूचीमा सबै वाणिज्य बैंक मात्रै रहेका छन् ।

बुधबार कुल १६० कम्पनीको कूल २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये प्रभु बैंक, नबिल बैंक, नेपाल कमर्श एण्ड क्रेडिट(एनसीसी) बैंक, एनआईसी एसिया बैंक, कृषि विकास बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, एभरेष्ट बैंक र लक्ष्मी बैंक बढी कारोबार भएको छ । सबैभन्दा बढी प्रभु बैंकको चार करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको एक करोड तीन लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

त्यस्तै, एनसीसी र एनआईसी एशियाको ८०/८० लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । कृषि विकास र नेपाल बैंकको ६०/६० लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् । त्यस्तै, माछापुच्छ्रे, मेगा, एभरेष्ट र लक्ष्मी प्रत्येक बैंकको ४० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

विभिन्न बैंक तथा वित्तीय संस्थाले उच्च लाभांशदर घोषणा गरेसँगै लाभांश पाउने आसमा कम्पनीको सेयरमा लगानीकर्ता बढी आकर्षित भएका हुन् । साथै, बैंकहरुले आफ्नो अधिकांश सूचकहरु सुधार गरि चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको वित्तीय विवरण भटाभट सार्वजनिक गरेपछि लगानीकर्ताको आकर्षण बढेको हो ।

बुधबारको नेप्से १.४४ अंकले घटेर ११३८ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१३ प्रतिशत घटी हो । बजारमा जीवन लाइफ इन्स्योरेन्स, ट्रेडिङ, माइक्रोफाइनान्स र म्युचअल फण्ड समूह उकालो लागेका छन् भने कारोबारमा आएका अन्य बाँकी समूह ओरालो लागेको छ ।