गुराँस लघुवित्त वित्तीय संस्थाको कात्तिक २७ गतेदेखि बुक क्लोज

  २०७६ कार्तिक २० गते ३:०२       विकासन्युज

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी कात्तिक २७ गतेदेखि सेयर कारोबार रोक्का(बुक क्लोज) गर्ने भएको छ । संस्थाले सभामा जाने प्रयोजनका लागि सो दिनदेखि मंसिर १४ गतेसम्म संस्थाले बुक क्लोज गर्न लागेको हो ।

संस्थाको चौथो वार्षिक साधारण सभा मंसिर १४ गते शनिबार धनकुटा बजारमा बस्न लागेको हो । सभाले सेयरधनीलाई ८.०१ प्रतिशत लाभांश(बोनस र नगद गरी) दिने विशेष प्रस्तावलाई पारित गर्दै छ ।

हाल संस्थाकाे चुक्ता पुँजी ७ करोड ७५ लाख रहेको छ । ७.६१ प्रतिशत बोनसपश्चात संस्थाको चुक्ता पुँजी ८ करोड ३४ लाख पुग्नेछ ।