श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले १३ प्रतिशत लाभांश दिने, बोनस भन्दा नगद बढी

  २०७६ असोज १७ गते ११:४४       विकासन्युज

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले १३ प्रतिशत लाभांश दिने भएको छ । फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १०.६५ प्रतिशत नगद र २.३५ प्रतिशत बोनस गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव बिहीबार बसेको संस्थाको संचालक समितिको बैठकले गरेको हो । समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी ८१ करोड रुपैयाँ रहेको छ । २.३५ प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी ८२ करोड ९० लाख रुपैयाँ नाघ्ने छ ।