स्वावलम्बन लघुवित्तले २६ प्रतिशत बोनस र १४ प्रतिशत नगद लाभांश दिने

२०७६ असोज १६ गते २:३३ - विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २६ प्रतिशत बोनस र १४ प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ४० प्रतिशत लाभांश(बोनस र नगद गरी) दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल कम्पनीको चुक्ता पुँजी ६२ करोड ८८ लाख रुपैयाँ रहेको छ । २६ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ७९ करोड २३ लाख रुपैयाँ नाघ्ने छ ।