बाेनसपछि बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन

  २०७६ असोज १६ गते ११:४०       विकासन्युज

काठमाडौं । बिहीबार बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन भएको छ । बैंकको ६ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।

समायोजनपछि बैंकको सेयर मूल्य प्रतिकित्ता २४५ रुपैयाँ रहेको छ । यसरी, मूल्य समायोजनपछि खुलेको बजारमा कम्पनीको सेयर मूल्य घटिरहेको छ ।

बजार खुलेको आधा घण्टामै कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता २३५ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १० रुपैयाँ घटी हो । अघिल्लो दिनको कारोबारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४५ रुपैयाँ रहेको थियो ।