दुई वाणिज्य बैंकको करोडौं कित्ता सेयर सूचिकृत

  २०७६ असोज १५ गते ६:०७       विकासन्युज

काठमाडौं । बुधबार दुई वाणिज्य बैंकको एक करोड ४१ लाख १३ हजार २७८ कित्ता सेयर सूचिकृत भएको छ । सो दिन ग्लोबल आईएमई बैंककाे साधारण र प्राइम कमर्सियल बैंकको बाेनस सेयर गरी सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो ।

प्राइमको एक करोड २८ लाख ५३ हजार २७८ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, ग्लोबलको १२ लाख ६० हजार कित्ता सेयर नेप्सेमा थपिएको हो ।