२०७६ असोज १३ गते १२:४७ विकासन्युज
काठमाडौं । सोमबार सानिमा बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।
समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता ३१५ रुपैयाँ रहेको छ ।
मूल्य समायोजन पछि खुलेको बजारमा कम्पनीको सेयर मूल्य घटिरहेको छ । सोमबार पौने १ बजेसम्म कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता ३०२ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १३ रुपैयाँ घटी हो । अघिल्लो कारोबारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३१५ रुपैयाँ रहेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.