सेयरधनीलाई ४१ प्रतिशत लाभांश दिने उन्नति लघुवित्तको घोषणा

  २०७६ असोज २ गते ११:४६       विकासन्युज


काठमाडौँ । उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई झण्डै ४१ प्रतिशत लाभांश दिने भएको छ ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले आव २०७५/७६ को असार मसान्तसम्म कायम चुक्ता पूँजीको ३८.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश २.०३ प्रतिशत गरी ४०.६३ प्रतिशत लाभांश दिन प्रस्ताव गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने प्रमुख कार्यकारी अधिकृत प्रेमबहादुर पाठकले जनाएका छन् ।

संस्थाको हाल कायम चुक्ता पूँजी ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ रहेको छ ।