सनराइज बैंकले ३ अर्बको डिबेञ्चर निष्काशन गर्ने, सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

  २०७६ भाद्र ४ गते ६:३६       विकासन्युज

काठमाडौँ । सनराइज बैंक लि. र सिद्धार्थ क्यापिटल लि. बीच डिबेञ्चर निष्कासन सम्वन्धि सम्झौता भएको छ । उक्त सम्झौता अनुसार सिद्धार्थ क्यापिटलाई ‘सनराइज डिबेञ्चर २०८३’ को डिबेञ्चर ट्रस्टी र वितरण प्रबन्धकको रुपमा नियुक्त गरिएको छ ।

अर्धवार्षिक रुपमा भुत्तानी हुने गरी १०.२५ प्रतिशत वार्षिक व्याजदर रहेको रु.३ अर्ब रकम बराबरको उक्त डिबेञ्चरको समयअवधि सातवर्षको रहने छ ।

उक्त सम्झौता पत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र सिद्घार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।