न्यून अंकले बढ्यो नेप्से, २९ करोड २६ लाखको कारोबार

  २०७६ भाद्र ४ गते ३:५२       विकासन्युज


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धी भएको छ । नेप्से परिसूचक ०.४२ अंकले बढेको हो । ०.०३ प्रतिशतले बढ्दा नेप्से परिसूचक १२१४.०५ बिन्दुमा पुगेको हो ।

बुधबार सेयर बजारमा १६१ कम्पनीले कारोबार गरेका छन् । १२ लाख ७० हजार १ सय १८ कित्ता सेयर किनबेच हुँदा २९ करोड २६ लाख ४१ हजार ७ सय १८ रुपैयाँको कारोबार भएको हो ।

नेप्सेका ४ सूचक हरियो छन् भने अन्य राता रहे । ट्रेडिङ्ग समूह ७.१, विकाश बैंक समूह ०.४५, वित्तीय समूह ०.१ र अन्य समूह ६.९१ अंकले बढेका छन् ।

यस्तै, बैंक समूह ०.०४, होटल समूह १५.१८, जलविद्युत समूह २.३५, निर्जीवन बीमा समूह ५.९, उत्पादनमूलक समूह ७.४४, माईक्रोफाइनान्स समूह १.२४, जीवन बीमा समूह ६.७८ र म्यूचुअल फण्ड ०.०४ अंकले घटेका छन् ।

विशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताले ५.७३ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ५.४४ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।