२.७८ अंकले घट्यो नेप्से, कारोबार रकममा भने उल्लेख्य बृद्धि

  २०७६ श्रावण २८ गते ३:४९       विकासन्युज


काठमाडौँ । साताको पहिलो दिन झण्डै ५ अंकले घटेर दोश्रो दिन सोमबार ०.१३ अंकले बढेको नेप्से परिसूचक तेश्रो दिन पुनः घटेको छ । आज २.७८ अंकले परिसूचक घटेको हो । ०.२३ प्रतिशतले परिसूचक घट्दा १२३१.०७ बिन्दुमा पुगेको छ ।

परिसूचक ओरालो झरेपनि कारोबार रकम भने आज बढेको छ । पहिलो र दोश्रो दिन ३१ करोडको हाराहारीमा मात्रै कारोबार भएको थियो भने आज बढेर ४८ करोड १६ लाख २९ हजार ७६० रुपैयाँको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज १६५ कम्पनीका १८ लाख ९६ हजार ४५४ कित्ता सेयर किनबेच भएको छ ।
बजार घटेको दिन आज म्युचअल फण्ड बाहेक सबै सूचक राताम्मे भएका छन् । बैंकिङ समूह १.३१, होटल समूह २२.५२, विकास बैंक समूह ७.२४, जलविद्युत समूह १, वित्त समूह २.३६, निर्जीवन बीमा समूह ४.५१, उत्पादनमूलक समूह ७.८१, अन्य समूह ४.७७, लघुवित्त समूह १.४२ र जीवन बीमा समूह १९.४ अंकले घटेका हुन् ।

बजार घटेको दिन आज युनाइटेड मोदी हाइड्रोपावर लिका सेयरधनीहरुले सबैभन्दा बढी ७.६२ प्रतिशतले नाफा कमाएका छन् भने एनएलजी इन्स्योरेन्स कम्पनीका सेयरधनीले सबैभन्दा बढी ३.७२ प्रतिशतले घाटा व्यहोरेका छन् ।