१७ प्रतिशत सेयर लाभांश दिने फस्र्ट माइक्रोफाइनान्सको घोषणा

२०७६ श्रावण २८ गते ११:३८ - विकासन्युज

काठमाडौँ । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आव २०७५/७६ को नाफाबाट सेयरधनीहरुलाई १७ प्रतिशत सेयर लाभांश दिने घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

चुक्ता पूँजी ६८ करोड, ४३ लाख, ९३ हजार ८ सय रुपैयाँको १७ प्रतिशतले हुने ११ करोड, ६३ लाख ४६ हजार ९ सय ४६ रुपैयाँ बराबरको सेयर लाभांस दिने घोषणा गरेको हो ।

राष्ट्र बैंकको स्वीकृती र संस्थाको साधारण सभाले पारित गरेपछि सेयर लाभांश वितरण हुने कम्पनी सचिव दानराज पन्तले जनाएका छन् ।