कुमारी बैंकको एक करोड ५२ लाख कित्ता बोनस सेयर सूचिकृत

  २०७६ श्रावण ३ गते ४:०५       विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडको कूल एक करोड ५२ लाख २१ हजार ७८१ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
बैंकको शुक्रबार(आज) मात्रै सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो ।

काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यस बैंकको हालसम्म ८ करोड ६८ लाख ५६ हजार १६० कित्ता सेयर नेप्सेमा सूचिकृत भइसकेको छ ।