आँधीखोलाको आइपीओः ३ लाख ७५ हजार कित्ता माग, ५४ लाख कित्ताको आवेदन

  २०७६ आषाढ़ २६ गते १०:११       विकासन्युज

काठमाडौँ । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर(आइपीओ) मा माग १४.४ गुणा बढी ५४ लाख कित्ता शेयरको आबेदन परेको छ ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले दिएको प्रारम्भिक जानकारी अनुसार ३ लाख भन्दा बढी आबेदकबाट ५४ लाख कित्ता शेयरको लागि आबेदन परेको हो । ती मध्ये ३७ हजार ५०० जना आवेदकले मात्रै १०–१० कित्ताका दरले शेयर पाउनेछन् ।

असार २२ गतेदेखि खुलेको सेयर असार २५ गते बन्द भएको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

स्याङजा भीरकोट बयरघारी केन्द्रीय कार्यालय भई कास्की, पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, नवलपरासी, तनहुँ, अर्घाखाँची र लमजुङ जिल्ला कार्यक्षेत्र भएको आँधिखोलाको ४ लाख कित्ता सेयर खुलेको मध्ये ३ लाख ७५ हजार कित्ता सर्वसाधारणलाई, ५ हजार कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार कित्ता सामुहिक लगानी कोषलाई दिइने छ ।