घोडीघोडाको आईपीओमा २ लाख ९१ हजारको आवेदन, १२४५९ ले मात्रै पाउँछन् १०-१० कित्ता

  २०७६ आषाढ़ २५ गते ८:५०       विकासन्युज

काठमाडौँ । घोडीघोडा लघुवित्त वित्तीय संस्थाको आईपीओमा ४० गुणा बढी आवेदन परेको छ ।

प्रभु क्यापिटलले दिएको जानकारी मंगलबार साँझ सम्ममा ४९ लाख ७८ हजार कित्ता अर्थात ४९ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर माग भएको छ ।

यो तथ्याङ्क हेर्दा सर्वसाधारणका लागि खुला गरिएको एक लाख २४ हजार ५९० कित्ता सेयरको ४० गुणा बढी आवेदन परेको हो । हो । २ लाख ९१ हजारले आवेदन गरेपनि १२ हजार ४५९ जना आवेदकले मात्रै गोलाप्रथाबाट १० कित्ता सेयर पाउने छन् ।