पाँच करोड ३२ लाखको आईपीओ आउँदै, दुई संस्थाले पाए बोर्डको अनुमति

  २०७६ आषाढ़ ६ गते ६:२६       विकासन्युज

काठमाडौं । धितोपत्र बजारमा विभिन्न दुई संस्थाले कूल ५ करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्काशन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले आँधीखोला लघुवित्त वित्तीय संस्था र घोडाघोडी लघुवित्त वित्तीय संस्थालाई सो मात्राको आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

बोर्डको अनुमति पाएसँगै अब दुई संस्थाले अंकित मूल्य १०० रुपैयाँ दरको कूल ५ लाख ३२ हजार ६०० कित्ता सेयर जारी गर्ने छन् ।

सो मध्ये आँधीखोलाले कूल ४ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने छ । संस्थाले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल मार्फत सो मात्रा अर्थात ४ लाख कित्ता सेयर निष्काशन गर्ने भएको छ ।

त्यस्तै, घोडाघोडी लघुवित्तले एक लाख ३२ हजार ६०० कित्ता आईपीओ जारी गर्ने छ । संस्थाले बिक्री प्रबन्धक प्रभु क्यापिटल मार्केटमार्फत एक करोड ३२ हजार ६० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने छ ।