५ कम्पनीको एक करोड ५६ लाख कित्ता सेयर सूचिकृत, कसकाे कति ?

  २०७६ आषाढ़ ६ गते ४:५३       विकासन्युज

काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एक करोड ५६ लाख कित्ता सेयर सूचिकृत भएको छ । सो अवधिमा ५ कम्पनीको बोनस र हकप्रद सेयर गरी सो मात्राको सेयर नेप्सेमा थपिएको हो ।

जसमध्ये २ कम्पनीको हकप्रद सेयर, दुई कम्पनीको बोनस र एक कम्पनीको दुबै बोनस र हकप्रद सेयर सूचिकृत भएको छ ।

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था र मिथिला लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर थपिएको छ । यी संस्थाको क्रमशः ३२ लाख ८९ हजार र ३ लाख २९ हजार ८८९ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो ।

त्यस्तै, नबिल बैंकको ९६ लाख ८६ हजार २४४ कित्ता र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको १६ लाख एक हजार ६१३ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

जेबिल्स फाइनान्सको दुबै बोनस र हकप्रद सेयर सूचिकृत भएको छ । संस्थाको क्रमशः ३ लाख ८९ हजार २८१ कित्ता र ३ लाख ४० हजार ९५५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।