अरुण सेक्युरिटिजलाई नेप्सेले गर्यो निलम्बन, कहिलेदेखि कहिलेसम्म ?

  २०७६ आषाढ़ ४ गते १२:१०       विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले अरुण सेक्युरिटिज(ब्रोकर नं. ३)लाई निलम्बन गरेको छ ।

नेप्सेले उक्त ब्रोक कम्पनीलाई ३ दिनसम्म कुनैपनि कारवाबोर गर्न नपाउने गरी निलम्बन गरेको हो ।

नेप्सले विनियमावली ७(२) र १२(१) घ बमोजिम काम नगरेको भन्दै कारवाही गरेको जनाएको छ । नेप्सेका अनुसार अरुणलाई असार ५, ८ गते र ९ गते ३ दिन निलम्बन गरेको हो ।

नेप्सेको यो निर्णयसँगै कम्पनीबाट मात्रै शेयर कारोबार गर्दै आएका लगानीकर्ताहरु शेयर खरिद बिक्री गर्नबाट बञ्चित हुने छन् ।