'एनएमबि ५०'ले १२० अर्बको म्युचअल फण्ड बिक्री गर्ने, पायाे बाेर्डकाे अनुमति

  २०७६ ज्येष्ठ ३० गते ६:४२       विकासन्युज

काठमाडौं । एनएमबि बैंक लिमिटेड अन्तर्गत सञ्चालित ‘एनएमबि ५०’ले एक अर्ब २० करोड रुपैयाँ बराबरको सामुहिक लगानी कोष(म्युचअल फण्ड) बिक्रीमा ल्याउने भएको छ । नेपाल धितोपत्र बोर्डले हाल मात्रै संस्थालाई साे मात्राको फण्ड जारी गर्न अनुमति दिएकाे हो ।

बोर्डको अनुमति पाएसँगै संस्थाले कोष प्रबद्धक एनएमबि क्यापिटलमार्फत अंकित मूल्य १० रुपैयाँको १२ करोड इकाई बिक्री गर्न लागेको हो ।