ग्रामीण विकास लघुवित्तको हकप्रद सेयर भर्ने म्याद अब २ दिनमात्र बाँकी

  २०७६ ज्येष्ठ २९ गते २:०२       विकासन्युज

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर भर्ने म्याद अब २ दिन मात्र बाँकी रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १ बराबर ०.५ को अनुपातमा हकप्रद निष्काशन गरेकोे छ ।

संस्थाले १०० रुपैयाँ अंकित एक करोड ३२ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको छ । संस्थाका सेयरधनीले आजको दुई दिन अर्थात जेठ ३० गतेसम्म सो मात्राको हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।

संस्थाले गत वैशाख २७ गतेदेखि सो मात्रा अर्थात ५० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको थियो । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल मार्केट लिमिटेड रहेको छ ।