नेप्से झिनो अंकले बढ्दा दुई कम्पनीले कमाए ९ प्रतिशत बढी

  २०७६ ज्येष्ठ २८ गते ३:२४       विकासन्युज

काठमाडौं । गत सातादेखि निरन्तर घटेको सेयर बजार मंगलबार भने सामान्य अंकले बढेको छ । सो दिनको परिसूचक ०.१७ अंकले बढेर १२७५.९९ अंकमा पुगेको छ ।

अघिल्लो दिनको तुलनामा परिसूचकमा सामान्य सुधार देखिएपनि कारोबार रकममा भने गिरावट देखिएको छ । साेमबार ६१ करोडको सेयर कारोबार भएको बजारमा मंगलबार भने जम्मा ४८ करोडको सेयर किनबेच भएको छ ।मंगलबार कूल १७४ कम्पनीको १५ लाख ९ हजार ८८५ कित्ता सेयर बिक्री भएका छन् । जसमध्ये सबैभन्दा बढी शिवम् सिमेन्टको ३ करोड ७८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सामान्य अंकले बढेको बजारमा दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढीले बढेको छ । सो दिन पाँचथर पावर कम्पनी र खानीखोला हाइड्रोपावर कम्पनीका सेयरधनीले क्रमशः ९.५२ र ९.२३ प्रतिशत कमाएका छन् । उता नेपाल हाइड्रो डेभलपमेन्टका सेयरधनीले सबैभन्दा बढी अर्थात ९.६२ प्रतिशत गुमाएका छन् ।

सो दिन कूल १२ समूह सेयर कारोबारमा आएका छन् । जसमध्ये ६ वटा समूह हरिया देखिएका छन् भने बाँकी ६ वटा समूह राताम्मे देखिएका छन् । हरिया हुनेहरु सामान्य एकल अंकले बढेका छन् । त्यस्तै, ओरालो लाग्ने तर्फ निर्जीवन बीमा र उत्पादनमूलक समूह क्रमशः ४८ र १३ अंकले ओरालो लागेका छन् भने बाँकी सामान्य अंकले राताम्मे भएका छन् ।