प्राइम बैंकको १६ प्रतिशत बोनस पारित, संचालकमा ५ जना निर्विरोध निर्वाचित

  २०७६ ज्येष्ठ २६ गते ३:२५       विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडको प्रस्तावित १६ प्रतिशत बोनस सेयर पारित भएको छ । आइतबार सम्पन्न बैंकको ११औं वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको बोनस दिने प्रस्ताव पारित गरेको हो ।

साथै, उक्त सभाले बैंकको संचालक समितिमा ५ जनालाई निर्विरोध निर्वाचित गरेको छ । जसमध्ये संस्थापक समुहमा उदय मोहन श्रेष्ठ, नरेन्द्र बज्राचार्य र राजेन्द्र दास श्रेष्ठ र साधारण सेयरधनीको समुहमा मनोज पौडेल र प्रचण्डमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।