वोमी लघुवित्तले शतप्रतिशत हकप्रद जारी गर्ने, अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड

  २०७६ ज्येष्ठ ९ गते २:५७       विकासन्युज

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले शतप्रतिशत हकप्रद जारी गर्ने प्रकृया अघि बढाएको छ । संस्थाले नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै १० करोड १० लाख ८८ हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने प्रकृया अघि बढाएको हो ।

संस्थाले जेठ ८ गते(बुधबार) मात्रै अंकित मूल्य १०० रुपैयाँ दरको १० लाख १० हजार ८८० कित्ता सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको हो । बोर्डको अनुमति पाएपछि संस्थाले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्फत सो मात्राको सेयर जारी गर्ने छ ।

हाल लघुवित्तको चुक्ता पुँजी १० करोड १० लाख रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद पश्चात संस्थाको पुँजी २० करोड रुपैयाँ नाघ्ने छ ।