तारागाँउ होटलले किन मिच्याे नेप्सेको नीति ? २४ घण्टाभित्रै स्पष्टिकरण दिन निर्देशन

  २०७६ ज्येष्ठ १ गते ७:३०       विकासन्युज

काठमाडौं । तारागाँउ रिजेन्सी होटल्स (होटल हायात)ले आफ्नो बुक क्लोजको मिति सार्वजनिक गर्न ढिलाई गर्दै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को धितोपत्र सूचीकरण विनियमावली २०७५ लाई मिचेको छ ।  उक्त नियमावली अनुसार बुक क्लोजको मिति कम्तीमा सात दिन अगाडि नै सार्वजनिक गनुपर्नेमा कम्पनीले जम्मा दुई दिन अगाडि मात्रै उक्त सूचना नेप्सेमा दिएकाले नेप्सको नीतिलाई व्यवास्था गरेको हो ।

कम्पनीले बुधबार मात्रै नेप्सेमा एक सूचना जारी गर्दै बिहीबार(भोलि) अर्थात जेठ २ गतेदेखि बुक क्लोज गर्ने मिति तय गरेको छ । जुन नेप्सेको नीति विपरित हो ।

उक्त सूचना अनुसार कम्पनीले नियमानुसार तोकिएको समयमा सूचना नपठाएकोमा नेप्सेको गम्भीर ध्यानाकर्षण भएको छ । त्यसैले, उक्त सूचना दिन ढिलाई गर्नुको कारण खुलाई २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न नेप्सेले आग्रह गरेको छ ।

साथै, धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार यस कम्पनीको सम्पूर्ण धितोपत्र वा सेयर कारोबार रोक्का भएको छ ।

होटलले बुधबार नेप्सेमा दिएकाे सूचना