सनराइज बैंकको ऋणपत्र बाँडफाँड, डिबेन्चरधनीले १० प्रतिशत ब्याज पाउने

  २०७६ ज्येष्ठ १ गते ६:१४       विकासन्युज

काठमाडौं । सनराइज बैंकले जारी गरेको डिबेन्चर(ऋणपत्र)को मंगलबार बाँडफाँड भएको छ । बैंकले चैत २० गतेदेखि बैशाख १९ गतेसम्म बिक्री खुला गरेको ऋणपत्र वैशाख ३१ गते बाँडफाँड गरेको हो ।

बैकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो । कम्पनी धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलमार्फत १००० रुपैयाँ अंकित दरको १० लाख कित्ता सेयर बिक्री गरेको थियो ।

ऋणपत्र बाँडफाँड भएको दिन अर्थात बैशाख ३१ गतेदेखि नै लागू हुनेगरि डिबेन्चरधनीहरुले अर्ध वार्षिक रुपमा १० प्रतिशत ब्याज प्राप्त गर्ने बैंकले जनाएको छ । निकट भविष्यमा उक्त ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण भई डिबेन्चरधनीहरुले डिबेन्चरको खरिद बिक्रि गर्न सक्नेछन् ।

कूल १० लाख युनिट मध्ये ४० प्रतिशत अर्थात ४ लाख युनिट सर्वसाधारणका लागि जारी गरिएको बैंकले जनाएको छ । बाँकी ६० प्रतिशत अर्थात ६ लाख युनिट भने व्यक्तिगत तवरबाट अन्य कम्पनीहरुलाई बिक्री गरिने छ ।