रसुवागढीको आईपीओमा लगानीकर्ताको आकर्षण, दुई दिनमा कति पर्यो आवेदन ?

  २०२६ पौष १७ गते ५:३०       विकासन्युज

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपीओमा हालसम्म ५८ करोड ३६ लाख ४६ हजार रुपैयाँको आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आइतबार साझ ५ बजेसम्म ९३ हजार ८८ जनाले उक्त आईपीओमा आवेदन दिएका छन् ।

हाइड्रोले आईपीओ निष्काशन गरेको दोश्रो दिन अर्थात आइतबारसम्म कुल ५८ लाख ३६ हजार कित्ता आवेदन परेको क्यापिटलले जनाएको छ । जुन कूल निष्काशित सेयरको ६२.४९ प्रतिशत हो ।

कम्पनीले वैशाख ६ गतेदेखि ९३ लाख ३९ हजार ४६७ कित्ता सेयरको बिक्री खुला गरिरहेको छ ।

इच्छुक लगानीकर्ताले छिटोमा आगामी मंगलबार अर्थात वैशाख १० गते बैंकिङ समय भित्र आवेदन दिन सक्नेछन् ।

रसुवागढी हाइड्रोपावरको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

रसुवागढी र साञ्जेनको आईपीओ आजदेखि, कुन कम्पनीको कति-कति भर्ने शेयर ?