नबिल बैंकको ३४ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ९ अर्ब नाघ्यो

  २०७५ फाल्गुन २७ गते १:००       विकासन्युज

काठमाडौं । नबिल बैंक लिमिटेडको प्रस्तावित ३४ प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न कम्पनीको ३४औँ वार्षिक साधारणसभाले बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेबमोजिम बैंकले आर्थिक वर्ष(आव) २०७४/७५ को मुनाफाबाट सेयरधनीलाई २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस सेयर गरी सो मात्राको लाभांश वितरण गर्ने भएको छ । बैंकले आव २०७४/७५ मा ३ अर्ब ९८ करोड रुपैयाँ हासिल गरेको थियो । बैंकले प्रतिसेयर आम्दानी ५०.२५ रुपैयाँ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै १ खर्ब ६१ अर्ब पुर्याएको छ ।

हाल बैंकको संचालन मुनाफा ५ अर्ब ६५ करोड रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंककोे यस वर्षको संचालन मुनाफा र खुद मुनाफामा क्रमश ७.५२ र ७.५५ ले वृद्धि भएको कम्पनीले जनाएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयर पश्चात बैंकको पुँजी ९ अर्ब १ करोड रुपैयाँ नाघेको कम्पनीले जनाएको छ ।

बैंकको संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालकाे नेतृत्वमा यस बैंकको “नेटवर्थ” २० अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।