Latest News

२०७६ मार्ग २५ गते ५:१०

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई ४५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ३० प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । संस्थाको संचालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ७७ करोड ३४ लाख रुपैयाँ रहेको छ । ३० प्रतिशत बोनस शेयर पछि संस्थाको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । उक्त प्रस्तावित लाभांशदर संस्थाले अघिल्लो वर्ष वितरण गरेको भन्दा २५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष संस्थाले १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरी २० प्रतिशत लाभांश दिएको थियो । ...

२०७६ मार्ग २५ गते १:२५

काठमाडौं । लुम्बिनी विकास बैंकले शेयरधनीलाई १५ प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी २ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस शेयर पछि संस्थाको चुक्ता पुँजी २ अर्ब ७१ करोड रुपैयाँ नाघ्ने छ । उक्त लाभांश दर अघिल्लो वर्षको भन्दा बढी हो । संस्थाले अघिल्लो वर्ष १७.०७ प्रतिशत बोनस शेयर मात्रै दिएको थियो । ...

२०७६ मार्ग २५ गते १२:५८

काठमाडौं । बुधबार सोल्टी होटलको शेयर मूल्य समायोजन भएको छ । होटलको १५ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १८७.८३ रुपैयाँ रहेको छ । हाल होटलको चुक्ता पुँजी ८४ करोड २५ लाख रुपैयाँ रहेको छ । ताहाचलमा रहेको यस होटलको हालसम्म ८ करोड ४२ लाख कित्ता शेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । ...

२०७६ मार्ग २३ गते १२:१९

काठमाडौं । बुटवल पावर कम्पनीले शेयरधनीलाई २८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनी संचालक समितिले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १८ प्रतिशत नगद र १० प्रतिशत बोनस शेयर गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको सभा आगामी पुस २४ गते बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित कार्की व्याङ्क्वेटमा बस्दै छ । सो प्रयोजनको लागि कम्पनीको पुस ९ गतेदेखि पुस ११ गतेसम्म बुक क्लोज हुने कम्पनीले जानकारी दिएको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस शेयरपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६८ करोड रुपैयाँ नाघ्ने छ । ...

२०७६ मार्ग २३ गते १२:०६

काठमाडौं । सोमबार लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकको शेयर मूल्य समायोजन भएको छ । यी दुई संस्थाको बोनस शेयर पछिको मूल्य समायोजन भएको हो । जसमध्ये लक्ष्मी बैंकको १० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको शेयर मूल्य प्रतिकित्ता १९८ रुपैयाँ रहेको छ । त्यस्तै, मुक्तिनाथ विकास बैंकको १७.६० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको शेयर मूल्य प्रतिकित्ता २६५.३१ रुपैयाँ रहेको छ । ...

२०७६ मार्ग २० गते ४:३३

काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २६ प्रतिशत लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न संस्थाको आठौं वार्षिक साधारणसभाले सञ्चालक समितिको १५ प्रतिशत बोनस शेयर र ११.३२ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव पारित गरेको हो । २०७६ आषाढ मसान्तमा कम्पनीको चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ रहेको थियो । १५ प्रतिशत अर्थात ३ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस शेयर जारी पश्चात संस्थाको चुक्ता पुँजी २७ करोड ८३ लाख रुपैयाँ नाघेको छ । सभाले पारित गरेसँगै संस्थाले कर समेत ११.३२ प्रतिशत अर्थात २ करोड ७३ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने छ । साधारण सभाले अन्य इजाजत पत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तिया...

२०७६ मार्ग १८ गते १२:२२

काठमाडौं । बुधबार गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । संस्थाको ७ प्रतिशत बोनस शेयर पछिको शेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको शेयर मूल्य प्रतिकित्ता ४६२.६२ रुपैयाँ रहेको छ । ...

२०७६ मार्ग १८ गते ११:४०

काठमाडौं । यूनाईटेड फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १०.५२६ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले ३ प्रतिशत बोनस शेयर र कर सहित ७.५२६ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव मंसिर १७ गते बसेको संचालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । ३ प्रतिशत बोनस शेयर पछि संस्थाको चुक्ता पुँजी बढेर ८२ करोड ४१ लाख रुपैयाँ नाघ्ने छ । ...

२०७६ मार्ग १७ गते २:३८

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । संस्थाको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद(कर सहित) गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपश्चात मात्रै शेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ पुग्ने छ । ...