Latest News

२०७६ ज्येष्ठ २६ गते ३:२५

काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडको प्रस्तावित १६ प्रतिशत बोनस सेयर पारित भएको छ । आइतबार सम्पन्न बैंकको ११औं वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको बोनस दिने प्रस्ताव पारित गरेको हो । साथै, उक्त सभाले बैंकको संचालक समितिमा ५ जनालाई निर्विरोध निर्वाचित गरेको छ । जसमध्ये संस्थापक समुहमा उदय मोहन श्रेष्ठ, नरेन्द्र बज्राचार्य र राजेन्द्र दास श्रेष्ठ र साधारण सेयरधनीको समुहमा मनोज पौडेल र प्रचण्डमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । ...

२०७६ ज्येष्ठ २० गते १:११

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । साथै, कम्पनीको सञ्चालक समितिले बोनस सेयरको कर प्रयोजनको लागि ०.६३ प्रतिशत अर्थात ७१ लाख ४८ हजार ८४२ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई कम्पनीको ११औँ वार्षिक साधारणसभाले पारित गर्ने छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको सो मात्राको लाभांश वितरण गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १३ करोड रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस सेयर पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब २६ करोड रुपैयाँ कायम हुने छ । उक्त कायम चुक्ता पुँजीको ७० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ नाघ्ने छ । कम्पनीको ७० प्रतिशत हकप्रद सेयर भने १०औं वाषिक साधारण सभाबाट पारित भईसकेको थियो । सूर्या लाइफ इन्स्योरेन्सको जेठ २८ गतेदे...

२०७६ ज्येष्ठ १९ गते १:२३

काठमाडौं । देवः विकास बैंक लिमिटेडसँग मर्जमा जान लागेको वेष्टर्न डेभलपमेन्ट बैंक आगामी असार १२ गते १३औँ वार्षिक साधारणसभा बस्ने भएको छ । उक्त सभा सो दिन बिहान ११ बजे दाङ स्थित होटल सिटी प्लाजाको सभाहलमा बस्न लागेको हो । सभाले वेष्टर्न डेभलपमेन्ट बैंकलाई देवः विकास बैंकले प्राप्ति गर्ने सञ्चालक समितिको विशेष प्रस्तावलाई स्वीकृति दिने भएको छ । साथै, दुई संस्था गाभिएपश्चात डीडीए रिपोर्ट(दायित्व मुल्यांकन प्रतिवेदन)का आधारमा सेयर स्वाप रेसियो १ः१ अनुपात कायम गर्ने प्रस्तावलाई पारित गर्ने छ । साथै, संस्थाको प्रस्तावित १४.७४ प्रतिशत नगद लाभांशलाई सभाले पारित गर्ने भएको छ । संस्थाले सेयरधनीलाई गत असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको सो मात्रामा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । २०७५ असार मसान्तसम्म संस्थाको चुक्ता पुँजी ५० करोड ४० ...

२०७६ ज्येष्ठ १५ गते १२:०७

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी) (नेपाल) लिमिटेडले आफ्ना सेयरधनीलाई बम्पर लाभांशको घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/०७५को नाफाबाट हालको चुक्ता पुँजीको ७० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले ३४.४६ प्रतिशत बोनस र ३५.५४ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव जेठ १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४९ करोड रुपैयाँ रहेको छ । ३४.४६ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ नाघ्ने छ । ...

२०७६ वैशाख २७ गते ३:२९

काठमाडौँ । सिभिल बैंक लिमिटेडको प्रस्तावित १४.३ प्रतिशत लाभांश पारित भएकाे छ । शुक्रबार सम्पन्न बैंककाे  सातौं र आठौं वार्षिक साधारणसभाले सेयरधनीलाई १०.२५ प्रतिशत बोनस र ४.०५ प्रतिशत नगद गरी साे मात्राकाे लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेकाे हाे । आर्थिक वर्ष २०७३/०७४ को नाफाबाट बैंकको चुक्ता पूँजीको १०.२५ प्रतिशतका दरले हुन आउने ७४ करोड ४० लाख रूपैयाँ बराबरको बोनस  वितरण गर्ने छ । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ रहेको छ । १०.२५ प्रतिशत बोनस सेयर पछि कम्पनीको चुक्ता पुँजी बढेर ८ अर्ब रुपैयाँ नाघ्ने छ । त्यस्तै, कम्पनीले कर प्रयोजनको लागि ०.५४ प्रतिशतका दरले हुन आउने ३ करोड ९१ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने छ । साथै, साधारण सभाले बैंकको संस्थापक शेयरधनीहरुको तर्फबाट इच्छाराज तामाङ्ग, अम्बीर बोगटी, प्रतापजङ...