Latest News

२०७६ मार्ग १८ गते ११:४०

काठमाडौं । यूनाईटेड फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १०.५२६ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले ३ प्रतिशत बोनस शेयर र कर सहित ७.५२६ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव मंसिर १७ गते बसेको संचालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । ३ प्रतिशत बोनस शेयर पछि संस्थाको चुक्ता पुँजी बढेर ८२ करोड ४१ लाख रुपैयाँ नाघ्ने छ । ...

२०७६ मार्ग १७ गते २:३८

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । संस्थाको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद(कर सहित) गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपश्चात मात्रै शेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ पुग्ने छ । ...

२०७६ मार्ग १७ गते १:२९

काठमाडौं । आरम्भ लघुवित्त वित्तीय संस्थाले पाँचौ वार्षिक साधारणसभा पुस ९ गते गर्ने भएको छ । उक्त सभा सो दिन बिहान बनेपास्थित पञ्चकन्या बैन्केटमा बस्ने निर्णय भएको हो । सभामा जाने प्रयोजनका लागि संस्थाले आगामी मंसिर २९ गतेदेखि पुस ९ गतेसम्म सेयर कारोबार बन्द(बुक क्लोज) गर्ने निर्णय गरेको छ । संस्थाले सेयरधनीलाई ७.३८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २ लाख ३३ हजार नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई अनुमोदन गर्ने भएको छ । हाल संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । साथै, आरम्भ लघुवित्त र चौतारी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने प्रस्तावलाई समेत सभामा लैजाने भएको छ । ...

२०७६ मार्ग १६ गते १:५७

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभा आगामी पुस ९ गते बोलाएको छ । उक्त सभा सो दिन बिहान ११ बजे रुपन्देहीको बुटवलस्थित दियालो फुडल्याण्डमा बस्ने भएको छ । सभामा जाने प्रयोजनको लागि संस्थाले आगामी मंसिर २२ गतदेखि पुस ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । सभाले सेयरधनीलाई १०.८९ प्रतिशत नगद र ७ प्रतिशत बोनस गरी १९.८९ प्रतिशत लाभांश वितरण गर्ने संचालक समितिको प्रस्तावलाई अनुमोदन गर्ने भएको छ । साथै, चौतारी लघुवित्त र आरम्भ लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिए पश्चात “आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड” नामबाट वित्तीय कारोबार गर्ने प्रस्ताव सभामा लैजाँदै छ । सभाले दुई संस्था एक आपसमा गाभिएपश्चात बन्ने “आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड”को शेयर स्वामित्व अनुपात ६३.६६ प्रतिशत(संस्थापक) र...

२०७६ मार्ग १६ गते १२:४४

काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले सेयरधनीलाई ४५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ३२.५० बोनस शेयर र १२.५० प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ३७ करोड ७३ लाख रुपैयाँ रहेको छ । ३२.५० बोनस शेयर पश्चात संस्थाको चुक्ता पुँजी ५० करोड रुपैयाँ नाघ्ने छ । गत वर्ष ४५ प्रतिशत लाभांश(२५ प्रतिशत बोनस र २० प्रतिशत नगद) वितरण गरेको संस्थाले यसपाली पनि सोही लाभांश दोहोर्याएको हो । ...

२०७६ मार्ग १५ गते १:३२

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको वार्षिक साधारणसभा आगामी पुस ७ गते बस्दै छ । उक्त सभा सो दिन बिहान १० बजे काठमाडौंको राष्ट्रिय सभागृहमा बस्न लागेको हो । सभामा जाने प्रयोजनको लागि बैंकले आगामी मंसिर २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । सभाले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर समेत गरी ७ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई अनुमोदन गर्ने भएको छ । ...

२०७६ मार्ग १३ गते १:२३

काठमाडौं । पोखरा फाइनान्सले शेयरधनीलाई १४.२० प्रतिशत लाभांश दिने भएको छ । संस्थाको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । संस्थाले हालको चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरी ७.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि मात्रै शेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ८५ करोड ७२ लाख रुपैयाँ रहेको छ । ७ प्रतिशत बोनस शेयर पछि संस्थाको चुक्ता पुँजी ९० करोड रुपैयाँ नाघ्ने छ । उक्त प्रस्तावित लाभांशदर संस्थाले गत दुई वर्ष वितरण गरेको तुलनामा बढी हो । अघिल्लो वर्ष संस्थाले शेयरधनीलाई १३.६८४ प्रतिशत लाभांश वितर...

२०७६ मार्ग १२ गते ३:४०

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ४६.८५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले शेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ४४.४८ प्रतिशत बोनस शेयर र २.३४ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव संस्थाको संचालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । साथै, सभाले सूर्योदय लघुवित्त वित्तीय संस्था र त्रिलोक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिए पश्चात बन्ने लघुवित्त वित्तीय संस्था ‘सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड’ गरि सो नामबाट वित्तीय कारोबार गर्ने संचालक समितिको प्रस्तावलाई पारित गर्ने भएको छ । मर्ज पश्चात सेयर आदान प्रदान अनुपात एक बराबर ०.९७ निर्धारण गरिने संस्थाले जनाएको छ । हाल संस्थाको चुक्ता ...

२०७६ ज्येष्ठ २७ गते ५:३०

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद(कर समेत) गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव सोमबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । समितिको प्रस्तावलाई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी ४५ करोड १० लाख रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ४७ करोड ३५ लाख रुपैयाँ नाघ्ने छ । ...